
२० माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनको अवरोध हटाउने भएको छ ।
आइतबार संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । त्यसपछि संसद सुचारु हुनेछ ।
गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षालाई मुद्दा बनाएको थियो । डा. केसीले एकतर्फी रुपमा अनसन तोडेपछि कांग्रेसले संसदमा अवरोध नगर्ने भएको हो । मुख्य सचेतक बालकृष्ण खाँडले संसदीय दलको नेता देउवाले सम्बोधन गरेपछि संसद सुरु हुने जानकारी दिए ।
यसैबीच संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न आजै कांग्रेस संसदीय दलको बैठक पनि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4