+
+

खुल्यो युनिभर्सल पावरको आईपीओ

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २५ गते ११:३४

२५ माघ, काठमाडौं । युनिभर्सल पावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । शुक्रबारदेखि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) खुला गरेको हो ।

यस अघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि साधारण सेयर खुला गरेको थियो । स्थानीय तहका लागि बिक्री गर्ने भनेको १७ लाख ६६ हजार १ सय ५० कित्ता बिक्री हुन बाँकी रहेको छ ।

सोसमेत गरी कम्पनीले ९३ लाख २७ हजार ४ सय १० कित्ता अर्थात ९३ करोड २७ लाख रुपैयाँ भन्दा बढीको आइपीओका लागि शुक्रबारदेखि आवेदन खुला गरेको हो ।

आईपीओका लागि माघ २९ गतेसम्म आवेदन दिनसकिने कम्पनीको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सो समयमा बिक्री नभए फागुन २६ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।

कम्पनीले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको सेयर स्थानीय वासिन्दा, कर्मचारी तथा सामुहिक लगानीक कोषलाई आरक्षण छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?