Comments Add Comment

चार विधेयक राष्ट्रियसभाबाट विधायन समितिमा

Photo Credit : फाइल फोटो

२५ माघ, काठमाडौं । राष्ट्रियसभा बैठकले विभिन्न विषयका चार वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

सभाको शुक्रबार बसेको बैठकले ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, निवृत्तिभरण कोष विधेयक, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक र विज्ञापन (नियमन गर्ने) विधेयक समितिमा पठाउने निर्णय गरेको हो ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित भएको जानकारी पनि राष्ट्रियसभामा पुगेको छ ।

यसैबीच काँग्रेस साँसद विन्दा आलेले नेपाल विद्यार्थी संघको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी परशुराम बस्नेत, विनय पौडेल र डिफाज भुजेललाई रिहा गर्न माग गरिन् ।

राष्ट्रियसभाको अर्को बैठक २९ माघका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment