+
+
Shares

चौंथो शहीद स्मृति कप फुटबल फागुन १ बाट

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २५ गते १७:००

२५ माघ, बुटवल । २३ औं जनयुद्ध दिवसको अवसरमा बुटवलमा चौंथो शहीद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

शहीद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोटस एकेडेमीको सहकार्यमा बुटवलमा फागुन १ गतेबाट रामनगर खेलमैदानमा हुने प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख एक हजार, मेडल, कप, प्रमाणपत्र तथा उपविजेतालाई नगद ५० हजार पाँच सयसहित मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष योगेन्द्र गौतमले बताए ।

कार्यक्रममा मदन भण्डारी स्र्पोटस एकेडेमी बुटवल उपमहानगरपालिकाका अध्यक्ष विकास जंग बस्नेतले युवाहरुको आर्कषणका रुपमा खेलकुदलाई जोडेर कार्यक्रमहरु गर्दे प्रयासहरु भैरहेको बताए ।

कार्यक्रममा प्रचार विभाग संयोजक विजय आचार्यले फर्साटिकर एकेडेमी, फर्साटिकर फुटबल क्लब, सयपत्री युवा क्लब, सुनौलो संगम युवा क्लब, संयुक्त युवा क्लब, सिद्धार्थ युवा क्लब चपरहटी, नवयुवा क्लब, माउण्ट स्टार युथ क्लब, देशभक्त युवा क्लब नवलपरासी र नवलपरासी ११ गरी १० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने बताए ।

प्रतियोगिताको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने छन्् । प्रतियोगिता संचालनका लागि पाँच लाख खर्च हुनेछ भने खेल बुटवल रामनगर मैदानमा हुनेछ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?