Comments Add Comment

इतिहासमै धेरै वर्ष बाँचेकी महिलाको मृत्यु, जीवनमा जम्मा १ दिन खुसी

काठमाडौं । विश्वको मानव इतिहासमै सबैभन्दा धेरै बाँचेको दाबी गरिएकी महिलाको १ सय २९ वर्षको उमेरमा मृत्यु भएको छ । गिनिज बुकमा आधिकारिक रुपमा दर्ता नभएको भएपनि उनी विश्व इतिहासमै सबैभन्दा धेरै बाँचेकी महिला भएको दाबी रुस सरकारको छ ।

आगामी जुनमा १ सय ३० औँ जन्मदिन मनाउने योजना बनाएकी कोकु इस्ताम्बुलोभाको हालै मृत्यु भएको हो ।

स्टालिन कालमा चेचेन माथिको दमनबाट बाँच्न सफल कोकुले आफ्नो मृत्युअघि आफ्नो जीवनका केही रहस्यहरु खोलेकी थिइन् ।

उनको जीवनका रहस्यहरुमध्ये सबैभन्दा अनौठो लाग्ने कुरा त यो थियो किन उनी आफ्नो त्यो लामो जीवनकालमा केवल एक दिनमात्र खुसी भइन् ।

रुसको चेचेन्या सहरकी कोकु इस्तम्बुलोभा करीब ४७ हजार ८५ दिनसम्म बाँचिन् । यतिका धेरै दिनसम्म बाँच्दा उनी केवल एक दिनमात्र खुसी हुनुले उनको जीवन कति दुःखदायी रहेछ भन्ने पुष्टि हुन्छ ।

जीवनमा बाँच्ने इच्छा उनलाई थिएन र छिटै मरुँ भन्ने कामना गर्थिन् । तर उनले चाहेको भएन । उनी १ सय २९ वर्षसम्म बाँचिन् ।

आखिर उनी जीवनमा खुसी भएको दिन कुन होला ? वास्तवमा आफ्नो घरमा फर्किएको दिन उनी जीवनमा खुसी भएको एकमात्र दिन हो ।

त्यो घर उनी आफ्नै हातले बनाएकी थिइन् । तर चेचेन्याबाट विस्थापित भएका कजाखस्तान निर्वासनमा गएका कारण उनी आफ्नो घरमा बस्न पाएकी थिइनन् ।

गत जनवरी २७ मा चेचेन्यास्थित आफ्नै घरमा उनको मृत्यु भएको उनका नाति इलियास अबुबाकारोभले बताएका छन् । मृत्यु हुनुअघिसम्म उनी बोल्दै, ठट्टा गर्दै थिइन् । एक्कासी उनले छाति दुख्यो भनिन् । तत्कालै डाक्टर बोलाइयो । डाक्टरले जाँच गर्दा उनको रक्तचाप निकै कम भएको पाइयो । उनको उपचारमा डाक्टरहरुले कुनै कसर बाँकी राखेनन् । तर उनलाई बचाउन सकिएन ।

उनका ५ जना नाति-नातिना र १६ जना पनाती-पनातिना छन् । रुसी अन्तिम राजा जार निकोलस निकोलस द्वितीयले गद्दीमा बस्नुअघि नै उनको जन्म भएको थियो । उनी रुसमा मात्र नभै विश्वमै आफ्नो पुस्ताको सबैभन्दा पछिल्लो मानिस हुन् ।

उनको जन्म मिति १ जुन १८८९ हो, यद्यपि पासपोर्टमा भने केवल १८८९ मात्र उल्लेख छ । त्यतिबेला बेलायतमा रानी भिक्टोरिया थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment