+
+
Shares

नाकाबन्दी गरेर समातियो ३ वर्षीया बालिकाको अपहरणकारीलाई

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २८ गते १८:०८

२८ माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दाङले घोराही-१४, कपासीबाट अपहरित ३ वर्षीया बालिकाको सकुशल उद्धार गरेको छ ।

कालीकोटको राँचुली घर भइ कपासीमा डेरा गरी बस्दै आएकी बालिका अस्मिता शाहीको सोमबार दिउँसो २ बजे अपहरण भएको थियो । घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले रतनपुर चोकबाट बालिकाको उद्धार गरेको हो ।

दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरका अनुसार जिल्लाका सम्पूर्ण नाका ब्लक गरेर खोजतलास गर्ने क्रममा अपहरणकारीलाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-९, ढिकपुरका २८ वर्षीया प्रयास चौधरी छन् ।

पक्राउ परेका चौधरीमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरेर थप अनुसन्धान गरिने डीएसपी मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?