Comments Add Comment

किन कंगनाको तारिफ गरिन् तनुश्री दत्तले ?

कंगना रणवत, जसलाई बलिउडमा दुई डाइमेन्सनबाट हेर्न सकिन्छ । एक त उनी हिरोको बराबर स्टार भ्यालु भएकी अभिनेत्री हुन् । उनले फिल्ममा लिने पारिश्रमिक र खेल्ने भूमिका दुबैले पुष्टि गरिसकेका छन्, कंगना कुनै हिरो भन्दा कम छै्रनन् ।

अर्को पाटोबाट हेर्दा उनी निकै विवादित अभिनेत्री हुन् । आफैले सुरु गरेको विवादले उनलाई यस्तो दलदलमा फसायो कि, त्यहाँबाट उम्कन उनलाई कम्ता कठिन थिएन । हृतिक रोशन र सुजैन खानको सम्बन्ध विच्छेद भए लगत्तै उनले आफुलाई हृतिकसँग जोडेर विवाद निकालिन् । त्यो विवादको लहरोले बलिउडका थुप्रै अभिनेतालाई समेत तान्यो । आखिरमा यस्तो दिन आयो, कंगना बलिउड इभेन्टहरुमा वहिष्कृत भइन् ।

कंगनाको जीवन निकै उतार-चढावपूर्ण वित्यो । उनको संघर्षको कथा जति रोमाञ्चक छ, उत्तिनै अत्यासलाग्दो छ कन्टोभर्सीको कुरा पनि ।

यसपाली चाहि उनी एउटा फिल्मले विवाद र चर्चा दुबैको केन्द्रमा रहिन् । चलचित्र हो, मणिकणिर्का ।

विवादको भूँमरीमा

कंगनाले केन्द्रिय भूमिका निर्वाह गरेको मात्र होइन निर्देशन गरेको चलचित्र पनि हो यो । तर, यो चलचित्र सुरुवातदेखि नै विवादित भयो । विवादको यो सिलसिला प्रदर्शनपछि पनि जारी छ ।

उनी यस चलचित्रको विवादमा मात्र नभएर निर्देशक क्रिशसँगको विवादबाट पनि उन्मुक्ति पाएकी छैनन् । यसरी आउने विवादहरुको सामना कंगना एक्लैले गर्नुपरेको छ । अर्थात उनको पक्षमा बोलिदिने छैनन् ।

बलिउड सेलिब्रेटीले कंगनालाई खासै साथ दिइरहेको छैन । उनको समर्थनमा खुलेर बोल्ने बलिउडकर्मी दुलर्भ छन् ।

तनुश्रीको पालाको पैंचो

यद्यपी कंगनाको पक्षमा तनुश्री दत्तले भने मुख खोलेकी छिन् । अनुपम खेरपछि कंगनाको पक्षमा तनुश्री दत्तले आवाज उठाएकी छिन् । तनुश्रीले कंगना निकै राम्रो कलाकार भएको र कंगनाको जस्तो खुबी अरुसँग नभएकाले उनको रिस गर्नेको संख्या धेरै भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘कंगना ए ग्रेट हैन, ए प्लस ग्रेडको अभिनेत्री हुन् ।’

तनुश्रीले कंगनाले यो स्थान कसैको सहयोग बिना नै बनाएको बताएकी छिन् । तनुश्रीका अनुसार पुरुस्वर्थ देखाउनेहरु पनि कंगनासँग डराउने गर्छन् । यसै कारण कंगनाको सफलतामा पुरा बलिउड चुप रहेको तनुश्रीको बुझाई छ ।

तनुश्रीले मणिर्कणिर्का हेरेकी छैनन् । तर, उनलाई अमेरिकामा बस्ने आˆनो साथीले उक्त चलचित्र हेर्नका लागि अग्रह गरेको तनुश्रीले बताइन् । उनले भनिन्, ‘सायद म छिट्टै नै यस चलचित्र हेर्नेछु । मेरो आमा बुबाले पनि चलचित्र हेरेर प्रशंसा नै गर्नुभएको छ ।’

तनुश्रीले कंगनाको राम्रो कुरा गर्नुको कारण कंगनाले पनि तनुश्रीको समर्थन गरेकी थिइन् । कंगनाले नाना पाटेकरसँगको ‘मि टु’ विवादमा तनुश्रीको खुलेर समर्थन गरेकी थिइन् ।

कंगना बलिउडको शानदार र निडर अभिनेत्रीमा गनिन्छिन् । उनले आˆनो करिअरमा धेरै राम्रो राम्रो र सफल चलचित्र दर्शकलाई दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment