Comments Add Comment

पुरस्कार कोष ५० लाख पुर्‍याउने पत्रकार महासंघ यूकेको निर्णय

लण्डन । नेपाल पत्रकार महासंघ युकेले एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार कोषको राशि ५० लाख रुपैयाँ पुर्‍याउने भएको छ ।

शाखाको आइतबार सम्पन्न बैठकले एनआरएनए युकेसँग मिलेर सो कोषलाई बढाउने निर्णय गरेको हो ।

बैठकले हाल एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) को मातहतमा रहेको सो कोषलाई महासंघ यूके र एनआरएनए यूकेको संयुक्त बैंक खातामा सार्न समितिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

सन् २०१३ मा स्थापना गरिएको सो कोष सुरुमा १६ लाख रुपैयाँको थियो । कोषबाट हरेक दुई/दुई वर्षमा प्रवासी नेपालीबार समाचार सम्प्रेषण गर्ने दुई पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ ।

त्यसैगरी, बैठकले भगिरथ योगी, नवीन पोखरेल, चिरन शर्मा, संगीता मरहट्ठा, मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पा, हरिकुमार गुरुङ (काजी), दुतबहादुर पुन, विकलचन्द्र आचार्य, विपिन निरौला, फणिन्द्र भट्टराई र कुशल श्रेष्ठलाई शाखाको सल्लाहकार नियुक्त गरेको छ । केन्द्रीय सभासदमा वाचस्पति रेग्मी, प्रमिला लाबुङ राई, भावना परिस्कृत सुनुवार, जानुका राई, मिलन तमु, एसके गुरुङ, प्रजय शुक्ल, मिलन शर्मा, एभरेष्ट गौतम र नृपेश उप्रेतीलाई चयन गरेको छ ।

बैठकले मिडल्याण्डमा समुदायसित अन्तरक्रिया गर्न सदस्यहरु महेश अधिकारी, नृपेश उप्रेती, केशव भण्डारी र टीका अधिकारीलाई स्थानीय संयोजनको जिम्मा दिएको छ भने केन्टमा अन्तरक्रिया गर्न सदस्यहरु विश्वासदीप तिगेला, देवेन्द्र खेरेस, जानुका राई, ज्ञाम गुरुङ, सुरेन्द्र इङनाम, रमेश सराङकोटी र छत्र वनेमलाई जिम्मा दिने निर्णय गरेको छ ।

महासंघको यही फागुन ९ र १० गते नेपालमा हुन लागेको विधान सम्मेलनमा सुझाव पेश गर्न शाखाको अध्यक्ष नरेश खपाङ्गीलाई जिम्मा दिएको छ । शाखाले सबै वैदेशिक शाखासँग मिलेर सो सुझाव पेश गर्ने भएको छ ।

शाखाका सदस्यहरुलाई अन्तर्राष्ट्रिय पत्रकार महासंघको प्रेस पास उपलब्ध गराउनका लागि आवश्यक समन्वयका लागि महासचिव सञ्जयभक्त कँडेललाई जिम्मा दिएको छ ।

यस्तै, शाखाले गठन गरेको सदस्यता शुद्धिकरण तथा ब्यवस्थापन समितिका संयोजक भगिरथ योगीलाई शाखाको अर्को बैठकममा मात्र प्रतिवेदन बुझाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

शाखामा सदस्यताका लागि आवेदन दिएका तर सदस्यता पाइनसकेका सदस्यहरुले आवेदन फिर्ता लिन चाहेमा स-सम्मान सदस्यता शुल्क फिर्ता दिने निर्णय पनि गरेको शाखाले जनाएको छ ।

शाखाको स्थापना दिवसका बारेमा खोजबिन गरी टुंगो लगाउन महासचिव सञ्जयभक्त कँडेलको संयोजकत्वमा सल्लाहकारद्वय नवीन पोखरेल र चिरन शर्मा, कार्यसमिति सदस्य विश्वासदीप तिगेला र उपाध्यक्ष विमला सेन रहेको एक समिति बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment