Comments Add Comment

ऋतिकको ‘सुपर ३०’ बाट निर्देशकको नाम गायब

बलिउड अभिनेता ऋतिक रोशन स्टारर चलचित्र ‘सुपर ३०’ रिलिजको तयारीमा छ । तर, उक्त चलचित्रबाट निर्देशक भने गायब भएका छन् ।

यस कुरालाई निर्माण युनिटका सीईओ शिवासिष सरकारले प्रष्ट पारे । उनले भनेका छन्, ‘विकास बहल यस चलचित्रको निर्देशकका रुपमा हुनुहुन्न । उहाँ प्रोडक्सनमा सहभागी नभएपछि हामीले क्रेडिट नदिएका हौँ ।’

उनका अनुसार यस चलचित्रलाई ‘इन-हाउस क्रेडिट पार्टनर’ को सहयोगमा सम्पन्न गरिएको छ । त्यहाँ कुनै निर्देशकलाई क्रेडिट नदिएको उनले बताए । शिवाशिषले अनुराग कश्यप यस चलचित्रको निर्देशकका रुपमा रहे पनि उनको नाम निर्देशकमा नराख्ने सहमती भएको समेत बताएका छन् । उनले निर्देशकको रुपमा कोही आबद्ध भएपछि उसले आˆनो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले भने, ‘निर्देशक भएपछि त चलचित्र निर्माणको पूर्ण जिम्मेवारी लिनुपर्ने हो नि । तर, उनी त बीचबाट नै गायब भए । उसलाई अब के कारणले क्रेडिट दिउँ ?’

‘सुपर ३०’ ले जुलाई ३० लाई आˆनो रिलिज मिति तय गरेको छ । चलचित्रमा ऋतिकसँगै मरुनल ठाकुर र पंकज त्रिपाठीले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment