+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘प्रेमदिवस’को फस्टलुकमा प्रियंका र आयुष्मान

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ३ गते ११:०९

रियल मोसन पिक्चर्स र एसएन प्रोडक्शन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेमदिवस’को फस्टलुक रिलिज भएको छ । यो चलचित्रलाई जेठ ३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रको फस्टलुकमा मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेललाई देखाइएको छ ।

चलचित्रमा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने र श्रीकृष्ण लुइटेलको पनि मुख्य भूमिका छ । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन छ भने कथा, पटकथा तथा संवाद प्रदिप भारद्धाजको छ । रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

योगेश घिमिरेले निर्देशन गरेको चलचित्रमा संजय न्यौपाने निर्माताको रुपमा छन् । चलचित्रमा रमेश चौधरी र उत्सव ढकाल सह–निर्माताको रुपमा छन् । यो चलचित्रले प्रेमको कथा भन्ने निर्देशक घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?