
९ फागुन, काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार भएको छ । बिहीबार सेयर बजारमा ०.८४ अंकले सुधार भएको हो ।
सेयर बजारमा सामान्य सुधार देखिदा नेप्से परिसूचक १ हजार १ सय १३ दशमलव ०७ अंकमा पुगेर कारोबार बन्द भएको छ । साताको पहिलो दिन आइतबार र दोसे दिन सोमबार लगातार ओरालो लागेको सेयर बजार साताको तेस्रो दिन मंगलबारसम्म आइपुग्दा २२ अंक भन्दा बढीको वृद्धि देखिएको थियो । यद्यपि, हिजो बुधबार भने बजार घटेको थियो ।
दिनभर भएका ७ हजार १ सय ३९ कारोबारबाट १ सय ५५ कम्पनीका ४ लाख ७५ हजार ७ सय ६६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १६ करोड ४४ लाख ७८ हजार ६ सय ८८ रुपैयाँको सेयर कारोबार भएको छ।
बिहीबार कारोबार रकमका आधारमा चौतारी लघुवित्त वित्तीय संस्था देखिएको छ । चौतारीको यस दिन २ करोड ५० लाख ६८ हजार १ सय ९१ रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा नविल बैंक दोस्रो स्थानमा देखिएको छछ । नविलको १ करोड ३९ लाख ४३ हजार २६ रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया 4