+
+

राष्ट्र बैंकको एक फोनले विथोलियो बैंक अध्यक्षहरुको बैठक

रोयल आचार्य रोयल आचार्य
२०७५ फागुन १० गते २:३६

९ फागुन, काठमाडौं । ब्याजदरलाई लिएर उद्योगी व्यवसायीले लगाएको आरोपबारे छलफल गर्न बसेको वाणिज्य बैंकका अध्यक्षहरुको बैठक विथोलिएको छ ।

राष्ट्र बैंकका एक उच्च अधिकारीको फोनपछि राजधानीकै एक पाँचतारे होटलमा भइरहेको बैंक अध्यक्षहरुको छलफल विथोलिएको हो । बैठकमा अधिकांश बैंकका अध्यक्ष र केही बैंकका सञ्चालक सहभागी थिए । बैंकका अध्यक्ष र सञ्चालकहरुलाई ब्रिफिङ गर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए ।

सीईओहरुले बैंकका विषयमा उठेका विषय र पर्न सक्ने अप्ठ्याराबारे ब्रिफिङ गरिरहेका बेला बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगनालाई राष्ट्र बैंकबाट फोन आएको थियो ।
त्यसपछि बैठक स्थगित गरिएको बैठकमा सहभागी एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

‘उद्योगीहरुले अनावश्यक रुपमा लगाएका आरोप र मौद्रिक नीतिको मध्यावधिक समीक्षाबारे छलफल भइरहेको थियो’ अध्यक्ष गोलयानले भने, ‘राष्ट्र बैंकको फोन आएपछि बैंकर्स संघका अध्यक्षज्यू उता जानुभयो, बैठक स्थगित गरियो ।’

बैठकले कुनै निर्णय नगरेको उनले बताए । अर्को बैठक कहिले बस्ने भन्ने पनि छैन ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?