+
+
Shares

नख्खु बिस्फोट : दुई सुरक्षागार्डको भूमिका सन्देहात्मक

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १२ गते २१:१४
Photo Credit : फाइल फोटो

१२ फागुन, काठमाडौं । शुक्रबार साँझ ललितपुरको नख्खुमा भएको बम विष्फोटमा एनसेलमा कार्यरत सुरक्षागार्डको भूमिका सन्देहात्मक देखिएको छ ।

एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी भएको विस्फोटको नेकपा विप्लव समूहले जिम्मेवारी लिएको छ । संसदीय समितिमा उपस्थित गृहमन्त्री रामबहादुर थापा बादलले पनि विस्फोट विप्लव समूहले गराएको बताएका छन् ।

सुरक्षा अधिकारीहरुले घटनास्थलको सीसी टीभी फुटेजको अनुसन्धानले पनि दुई सुरक्षागार्डको भूमिका सन्देहात्मक देखिएको छ । त्यसआधारमा पक्राउ पनि गरिएको थियो तर, ठोस प्रमाण नभेटिएको भन्दै तारेखमा छाडिएको छ ।

‘उनीहरुलाई तारेखमा राखेर अहिले प्रमाण संकलनमा जुटेका छौं’, प्रहरी स्रोत भन्छ, ‘सहयोग त गरेको देखिन्छ । तर, विप्लव समूहको कोहीसँग कनेक्सन देखिएको छैन ।’

प्राविधिक पक्षबाट उनीहरुमाथि अनुसन्धान गर्ने काम जारी रहेको स्रोतले बतायो ।

के देखियो सीसी टीभीमा ?

अनुसन्धान अधिकारीहरुका अनुसार शुक्रबार साँझ एनसेल गेट खुल्लै भएका वेला सडकमा ४ वटा मोटरसाइकल आएको देखिन्छ । त्यसवेला गेट अगाडि र भित्र एक/एक जना गरी दुई जना सुरक्षागार्ड बसेका थिए ।

चार मध्ये एउटा मोटरसाइकल भित्र जान्छ, अरु बाहिरै रोकिन्छ । बाहिर रोकिएका मोटरसाइकलमा सवार मानिसहरुसँग हतियार समेत भएको प्रहरीको दाबी छ ।

भित्र छिरेको मोटरसाइकलमा सवार व्यक्तिले एनसेलको काउन्टरमा शंकास्पद वस्तु राख्छन् । लगत्तै, सुरक्षागार्डले बाहिर फ्यालेको सीसीभीटी फुटेजमा देखिन्छ । त्यसको करिब दुई मिनेटमै ठूलो आवाजसहित बम विष्फोट हुन्छ ।

अनुसन्धानमा असहयोग !

हाल घटनाको अनुसन्धानमा प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध अनुसन्धान महाशाखा, ललितपुर प्रहरी परिसरलगायतको टोली खटिएको छ तर, दुई सुरक्षा गार्डबाहेक अन्य कसैलाई प्रहरी पक्राउ गर्न सकेको छैन ।

विशेष ब्यूरो स्रोतका अनुसार एनसेलका अधिकारीहरुसँग विप्लव समूहले चन्दा माग गरेको पाइएको छ । तर, प्रहरीलाई यसबारे सूचना दिइएको थिएन ।

‘अहिले पनि उनीहरु त्यसबारे खुलेर बताउन चाहँदैनन्’, अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘भोलि अदालती प्रक्रियामा जाँदा बलियो प्रमाण चाहिने भएकाले हामी प्रमाण खोज्नतर्फ जुटिरहेका छौं ।’

घटनामा लमजुङका सिंहप्रताप गुरुङको मृत्यु भएको छ भने घाइते प्रतिक्षा खड्का र उषा मानन्धरको मेडिसिटी अस्पताल उपचार भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?