
१३ फागुन, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोकले एक चिनियाँ नागरिकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले एक करोड २० लाख रुपैयाँसहित महानगरीय अपराध अनुसन्धान महाशाखाबाट दाखिला भएका चिनियाँ नागरिक ली सियाओफिङविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।
विभागका प्रवक्ता विनोद लामिछानेका अनुसार विना भिसा र राहदानी नेपाल प्रवेश गरेका उनले नेपालमा गैरकानूनी स्रोतबाट आर्जन गरी चीनतर्फ स्थानान्तरण गराउने गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजित मुद्दा दायर गरिएको हो ।
उनका अनुसार चिनियाँ नागरिकविरुद्ध बरामद भएबमोजिमको रकम बराबर माग दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4