+
+
Shares

उत्कृष्ट काम गरेको भन्दै कर्णालीका ६ प्रहरी पुरस्कारका लागि सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १४ गते १५:४३

१४ फागुन, काठमाडौं । कर्णालीबाट ६ जना प्रहरीलाई पुरस्कृतका लागि सिफारिस गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै नगदसहित सम्मानका लागि उनीहरुलाई सिफारिस गरेको हो । सिफारिस हुनेमा बिभिन्न विधामा रहेर काम गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) देखि जवानसम्म रहेका छन् ।

प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी दरबन्दी भइ सुर्खेतमा कार्यरत डीएसपी प्रदीपबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय कालीकोटका असई निरज सिंह, अस्थायी ट्राफिक प्रहरी पोष्ट छिन्छुमा कार्यरत हवल्दार टोपबहादुर महतारालाई सिफारिस गरिएको छ ।

यस्तै, जवानहरु इलाका प्रहरी कार्यालय दुल्लुका इन्द्रबहादुर घर्ती, प्रहरी चौकी डाँडा छाप्रेका प्रकाश शाही र इप्रका चौरजहारीकी पार्वती बुढा रहेका छन् ।

उनीहरुलाई ६ सयदेखि १२ सय नगद पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?