
१४ फागुन, झापा । मेचीनगर नगरपालिका-१५ स्थित ज्यामिरगढीमा मंगलबार बिहान कोदालोले हानेर एकजनाले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायासी विवादमा ३५ वर्षीय लेखिन्द्र राजवंशीले आफ्नी श्रीमती ३४ वर्षीया चम्पली राजवंशीलाई कोदालोले हानेर हत्या गरेका हुन् । श्रीमानले हानेको कोदालोको पासोले लागेर चम्पलीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।
आरोपी लखिन्द्रलाई मंगलबार नै प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
शव मेची अञ्चल अस्पताल भद्रपुर पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4