+
+
Shares

आन्दोलन फिर्ता लिन गोदानलाई स्वास्थ्य मन्त्रालयको चेतावनीसहित अपील

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १५ गते १७:५३

१५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालले सरकारी चिकित्सक संघ (गोदान)लाई चेतावनी दिदै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंले बुधबार चेतावनीसहितको विज्ञप्ति प्रकाशित गरी आन्दोलन स्थगित गर्न आग्रह गरेका हुन् ।

आन्दोलन फिर्ता नलिए यसबाट हुनसक्ने प्रतिकुल असरको जवाफदेही चिकित्सक नै हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘स्वास्थ्य सेवा नै अवरुद्ध हुने गरी गरिने बिरोधका कार्यक्रमहरु नागरिकको स्वास्थ्य सेवा पाउने हकको बिरुद्ध हुने हुँदा स्वास्थ्य जस्तो संवेदनशील मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा चिकित्सकहरुबाट भएका सम्पूर्ण बिरोधका कार्यक्रमहरु स्थगन गर्न मन्त्रालय हार्दिक अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सरकारीस्तरबाट सकारात्मक पहल हुँदाहुँदै पनि संघको आहृवानमा बिरोध भइरहेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?