+
+
Shares

दिवंगत मन्त्री अधिकारीप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली अर्पण

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते ९:०१
Photo Credit : हेलिकप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई टुँडिखेलमा उपस्थित भएर श्रद्धाञ्जली दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर: विकास श्रेष्ठ/ अनलाइनखबर

१७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । टुँडिखेलमा पुगेर राष्ट्रपति भण्डारीले अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो । सातै जनाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ ।

टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणलगायतको उपस्थिति छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएका थिए भने नेकपा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?