
२१ फागुन, हेटौंडा । जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बारा करैयामाई गाउँपालिका-३ का २३ वर्षीय जितेन्द्र मुखिया विन र हेटौंडा-११ सिमलटारका २१ वर्षीय बुद्धलाल मोक्तान पक्राउ परेका हुन् ।
विनले १६ वर्षीया किशोरीलाई हेटौंडा उपमहानगरपालिका-५ स्थित साथीको डेरामा लगेर जबरजस्ती करणी गरेकोे प्रहरीले जनाएको छ ।
यस्तै, अर्का आरोपी मोक्तानलाई सुस्त मनस्थितिकी २० वर्षीया महिलालाई आफ्नै घरमा लगी करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
पक्राउ परेका दुबैलाई मुलुकी फौजदारी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ बमोजिम करणी सम्बन्धी कसुर दाबी गर्दै प्रहरीले जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4