
चलचित्र ‘धडक’बाट बलिउडमा प्रवेश गरेकी नायिका जान्वी कपुर अहिले चर्चामा छिन् । उनको सुन्दरतालाई लिएर पनि खुबै चर्चा हुने गर्दछ । उनै जान्वी कपुरले बुधबार आफ्नो जन्मदिन मनाएकी छिन् । जान्वीको जन्मदिनमा पिता बोनी कपुरले विशेष कार्यक्रम आयोजना गरेका थिए ।
तर, रमाइलो कुरा के छ भने जान्वीले आफ्नो जन्मदिनको केक भने तरबारले काटेकी थिइन् । जान्वीले तरबारले केक काट्दै गर्दा थोरै असहज महशुश गरेको देख्न सकिन्छ । जान्वी कपुरसँग केक काट्ने क्रममा उनका पिता बोनी कपुर र बहिनी खुशी कपुर उपस्थित थिए । जान्वी पहिलो चलचित्र रिलिज भएपछि अब चलचित्र ‘तख्त’को छायांकनको तयारीमा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4