+
+
Shares

कर छली आरोपमा ट्रम्पका पूर्व चुनावी संयोजकलाई जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २४ गते ९:३०

२४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वअभियान संयोजक पाउल म्यानफ्रन्टलाई ४७ महिना जेल सजाय सुनाइएको छ ।

फेडेरल जजले बिहीबार बैंक ठगी तथा कर छली अभियोगमा पाउललाई कैद सजाय सुनाएको हो ।

यसअघि अमेरिकाको न्यायिक विभागले २२ महिना लगाएर उनीमाथि लागेका अभियोगबारे अनुसन्धान गरेको थियो ।

युक्रेनलाई राजनीतिक परामर्श दिएबापत आर्जित आम्दानी लुकाएकोलगायतका ८ अभियोगमा पाउललाई पछिल्लो गृष्ममा भर्जिनिया अदालतले दोषी ठहर्‍याइएको थियो ।

अवैध पैरवीसम्बन्धी छुट्टै मुद्दामा पनि उनी तानिएका छन् । ट्रम्पले सन् २०१६ को निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न रसियासँग मिलेमतो गरेका छन् कि छैनन् भन्ने सुनुवाइमा उनी तानिएका हुन् । जसमा उनी अर्को साता जेल जान सक्ने बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार म्यानफ्रन्टले जीवनको पछिल्लो २ वर्ष निकै कठिन भएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?