
Photo Credit : प्रतीकात्मक तस्वीर
२७ फागुन, बुटवल । अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक सक्रिय कार्यकर्ताको हत्या गरेको छ ।
देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको हो ।
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
आक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएको थियो । तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।
प्रहरीले आक्रमण गर्ने समूह फरार रहेको बताए पनि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
कांग्रेस क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले पुरी तरुण दलको सक्रिय कार्यकर्ता रहेको अनलाइनखबरलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4