+
+
Shares

कञ्चनपुरमा अज्ञात समूहद्वारा डोजरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २७ गते १६:००

२७ फागुन, कञ्चनपुर । कृष्णपुर नगरपालिका-५ गुलरीस्थित महाकाली गौरव विल्डर्सको क्रसर उद्योगको जेसिभीमा अज्ञात समूहले सोमबार बिहान आगजनी गरेको छ ।

क्रसर उद्योगमा राखिएको ४५ लाख मूल्य पर्ने से१क २५८ नम्बरको जेसिभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार पेट्रोल छर्केर जेसिभीमा आगजनी गरिएको छ ।

घटनास्थलबाट प्रहरीले क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको, मजदूरको श्रम शोषण गरेको र इनक्लाब जिन्दावादलगायतका कुरा उल्लेख भएको पर्चा बरामद गरेको छ । क्रसर उद्योगका सञ्चालक प्रमानन्द कपाडीले पर्चामा उल्लेख भएअनुसारको कुनै पनि कार्य उद्योगमा नगरिएको बताए ।

‘उद्योग मापदण्डअनुसार सञ्चालन भएको छ’, उनले भने , ‘कुनै पनि मजदूरको श्रम शोषण गरेका छैनौँ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले आगजनी गर्ने समूहको खोजी भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?