+
+
Shares

सरकारले वृद्धाभत्ता ५ हजार पुर्‍याउँछ : मुख्यमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २७ गते १५:४६

२७ फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले पदावधि सकिने बेला वृद्धाभत्ता ५ हजार पु¥याउने बताएका छन् ।

मुख्यमन्त्री गुरुङले सरकारले पदावधि सकिनेबेलासम्म भत्ता ५ हजार रुपैयाँ पुर्‍याउने बताउँदै ढुक्क रहन आग्रह गरेका हुन् ।

कास्कीको रुपा गाउँपालिका भएको अन्तर स्थानीय तह भलिबल प्रतियोगिता तथा स्थानीय झाँकी प्रदर्शन कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले यो वर्ष कमजोरी भए पनि अर्को वर्षबाट सबै खाले भत्ता बढ्ने बताए ।

‘भोट माग्दा कम्युनिस्ट पार्टीका उम्मेदवारले भनेका थिए होलान्, हामी वृद्धाभत्ता वा विधुवा भत्ता ५ हजार रुपैयाँ पुर्‍याउँछौं । तर, आजसम्म भत्ता बढेको छैन भन्ने लागेको होला’ मुख्यमन्त्री गुरुङले भने, ‘हतार नगर्नुस्, यसपटक छुट्यो, तर ४ वर्ष त बाँकी छ नि । ४ वर्षभित्र १/१ हजार बढ्यो भने पनि ५ हजार पुग्दैन र ?’

महंगीको तुलनामा वृद्धाभत्तासँगै अरु भत्ता पनि बढाउनुपर्छ भनेर आफूले संघीय सरकारलाई भनेको मुख्यमन्त्री गुरुङले बताए । ‘यो साल कमजोरी गर्‍यौं, अर्को सालबाट वृद्धाभत्ता बढाउँछौं भनेर संघ सरकारले आश्वस्त पारेको छ ।’

प्रदेश सरकारले अबको ५० वर्षसम्ममा कहाँ हु्ने भन्ने लक्ष्य लिएको तर अहिले गर्भमै रहेका मुख्यमन्त्री गुरुङले बताए ।

‘पञ्चवर्षीय योजना बनाइरहेका छौं । अबको १२ वर्षमा कहाँ हुन्छौं । अहिलेको लक्का जवान ५० वर्ष पुग्नेबेला हाम्रो प्रदेश कस्तो हुन्छ ? अनुमान गर्ने र योजना बनाउने काम गरिरहेका छौं,’ मुख्यमन्त्री गुरुङले भने ।

भोलि काम गर्नका लागि पनि प्रदेशले अहिले जग खन्ने काम गरिरहेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । हतारो नगरी अर्को वर्षबाट प्रदेश सरकार कहाँनेर छ भनेर खोज्न मुख्यमन्त्री गुरुङले आग्रह गरे ।

मुख्यमन्त्री गुरुङले प्रत्येक स्थानीय तहले आफू कहाँनेर छु भनेर थाहा पाउनुपर्ने बताए । ‘आफ्नो स्थानीय तहको प्रतिव्यक्ति आयको दर कति हो ? कति जनता गरिबीको रेखामुनि छन् लगायतका कुरा थाहा नपाई बनाएका योजना फेल हुन्छन् । त्यसैले आफू कहाँ छु भन्ने थाहा पाउनुस् र योजना बनाउनुस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?