+
+
Shares

मोटरसाइकलको ट्याङ्कीमुनि २५ किलो चाँदी !

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते १४:१२

२८ फागुन, काठमाडौं । मोटरसाइकलको ट्याङ्कीमुनि ‘फल्स स्पेश’ बनाएर भारततर्फ तस्करी गर्न लागिएको २५ किलो चाँदी र एक सय ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित ग्राम बासोपट्टी बस्ने ३७ वर्षीय कृष्णकुमार महतो र स्थानीय ३० वर्षीय रुपेश महतो छन् । कृष्ण मोटरसाइकल चालक हुन् भने रुपेश पछाडि सवार थिए ।

प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरो र जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई जनकपुर उपमहानगरपालिका-१५, कुवा गाउँबाट पक्राउ गरेको हो ।

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार उनीहरु कुवा गाउँबाट लोहना हुँदै भारततर्फ जान लागेका थिए ।

‘बीआर३२एस४३५७ नम्बरको पल्सर मोटरसाइकलमा विशेष सुराकीका आधारमा खानतलासी गर्दा प्लास्टिकमा बेरेको सुनको बाला दुई थान र गोलो टुक्रा दुई थान गरी एक सय ग्राम र चाँदीको दाना ९ प्याकेटमा २५ किलो ग्राम बरामद भएको छ’, खनालले भने, ‘हाल पक्राउ परेकाहरुलाई भन्सार चोरी पैठारीतर्फ कारबाहीका लागि जिल्ला भन्सार कार्यालय बुझाइएको छ ।’

थप अनुसन्धान भइरहेको एसपी खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?