Comments Add Comment

जेनेभा पुगेर फणीन्द्र नेपालले उठाए ग्रेटर नेपालको मुद्दा

२९ फागुन, काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर सुगौली सन्धीमार्फत भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने माग उठाएका छन् । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका नेपालले परिषदको ४० औं सत्रमा सो माग दर्ज गराएका हुन् ।

नेपालले आफ्नो मन्तव्यमा भारतले सन् १९४७ देखियता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको बताए । साथै उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई पनि भारतले कुल्चिरहेको उनको भनाइ थियो ।

गैरसरकारी प्रतिनिधिका रुपमा बैठकमा भाग लिन पुगेका नेपालले भने, ‘नेपाल भारत शान्ति तथा मैत्री सन्धीको दवफ १ र ८ ले सुगौली सन्धीलाई नै रद्द गरिदिएको छ । त्यसैले भारतले आफ्नो उपनिवेशका रुपमा रहेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता गर्नुपर्छ ।’

उनले सीमा क्षेत्रमा पिल्लरहरु जथाभावी उखेलेर भारतले लगातार नेपालमाथि सीमा अतिक्रमण गरिरहेको पनि बताए ।

‘आजको मितिसम्म भारतले नेपालको १३ सय वर्ग किलोमिटरभन्दा बढी भूमि अतिक्रमण गरेको छ । ठूलो संख्यामा भारतीय सैनिकले १९६२ देखि नेपालको कालापानीमा ४ सय वर्ग किलोमिटर जमिन कब्जा गरेर बसिरहेका छन् । आफ्नो भूमिमा विदेशी सेनाको उपस्थिति कुनै पनि देशको सार्वभौमिकताका लागि ठट्टा हो । म राष्ट्रसंघीय मानवअधिकार परिषदलाई नेपालीको चासो गम्भिररुपमा लिइदिन अनुरोध गर्छु,’ नेपालले भने ।

आफूले बोलेका कुरा संयुक्त राष्ट्रसंघको वार्षिक र आवधिक प्रतिवेदनमा लिपिबद्ध हुने नेपालले अनलाइनखबरसँग बताए । ‘लामो प्रयासपछि हामी त्यो मञ्चमा पुग्न सफल भएका हौं, यो आफैंमा एउटा ऐतिहासिक क्षण हो,’ उनले जेनेभाबाट भने ।

आजको वैठकको एजेन्डा ‘मानवअधिकार समस्या जसमा परिषदको ध्यान जानुपर्छ’ भन्ने थियो । वैठकमा करिब १ सय ४० वटा गैरसरकारी संस्थाका प्रतिनिधिले आफ्नो देशको समस्या सुनाएको नेपालले जानकारी दिए ।

यो पनि पढ्नुस्–

बेलायती रक्षामन्त्रीलाई ज्ञापनपत्र : सुगौली सन्धिमा खोसिएको नेपालको जमीन फिर्ता होस

सुगौली सन्धीमा गुमेको नेपालको भूमि भारतबाट फिर्ता गराउन बेलायती प्रधानमन्त्रीलाई पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment