Comments Add Comment

दोस्रो बर्दिवास महोत्सव चैत ८ देखि

३० फागुन, बर्दिवास । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र बर्दिवासमा ‘दोस्रो बर्दिवास महोत्सव’ हुने भएको छ ।

बर्दिवास क्षेत्रमा रहेको कृषि पर्यटन कला संस्कृति तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले ‘दोस्रो बर्दिवास महोत्सव’ महोत्सवको आयोजना गर्न लागिएको हो ।

बर्दिवासको कृषि पर्यटन कला संस्कृति तथा व्यापार प्रवर्द्धन गर्न बर्दिवास उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सव चैत ८ गते देखि १८ गतेसम्म लाग्ने पत्रकार सम्मेलन गरी बर्दिवास उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाले जानकारी दिए । यस क्षेत्रको विशिष्ट कृषि उत्पादनको पहिचान बढाउन, पर्यटन प्रवर्द्धन गर्न, बजार विस्तार गर्न र बर्दिवासलाई व्यापारिक हवको रुपमा चिनाउन महोत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा महासचिव खतिवडाले जानकारी दिए ।

पहिलो बर्दिवास महोत्सवमा यस क्षेत्रका उत्पादन हुँदै आएका कृषि उपजहरुलाई खासै समाबेश गर्न नसकिएकोले यस पटक हुने महोत्सवमा कृषि उत्पादन र उपजहरुलाई बिशेष स्थानका साथ प्रर्दशनी गर्ने तयारी भैरहेको आयोजकले जनाएको छ ।

बर्दिवास नगर क्षेत्रका माईस्थानको परबल, बिजलपुरा र पशुपतिनगरको हरियो तरकारी र हाथिलेट क्षेत्रमा उत्पादित उखुको सख्खर स्वादमा विशिष्ट मानिन्छ ।

महोत्सवमा मुलुककै प्रसिद्ध कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुति, कृषि मेला प्रदर्शनी र स्थानीय विभिन्न भाषाभाषीका सांस्कृतिक झाँकी प्रदर्शन गरिने कार्यक्रम छ ।

महोत्सवको खर्च ४० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा सत्तरी हजार भन्दा बढीले अवलोकन गर्ने संघले जनाएको छ ।

पहिलो महोत्सवमा ३५ हजारले अवलोकन गरेको संघले जनाएको छ । महोत्सवको सम्पूर्ण तयारी भैसकेको आयोजकलेे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment