+
+
Shares

८ महिनामा आयो ५२४ कामदारको शव

श्रममन्त्री भन्छन्-विदेशमै स्वास्थ्य शिविर चलाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १८:०५
Photo Credit : फाइल तस्वीर

१ चैत, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ५२४ नेपालीको शव नेपाल भित्रिएको छ । यसमध्ये ५०८ जना पुरुष र १६ जना महिलाका थिए  ।

वैदेशिक रोजगार बोर्डका सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार मृतक कामदारका परिवारलाई गत  साउनदेखि माघसम्ममा मात्रै ३४ करोड २५ लाख क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ ।

सरकारले यो बीचमा विदेशमा अलपत्र कामदारको ५७ वटा शव आफ्नै खर्चमा झिकाएको छ । जसका लागि ६९ लाख ४९ हजार खर्च भएको श्रेष्ठले जानकारी दिए । यसैगरी मृतक कामदारको शव ढुवानीमा १० लाख खर्च भएको छ ।

विदेशमा काम गर्दागर्दै अंगभंग र बिरामी भएका २०१ कामदारलाई पनि क्षतिपूर्ति दिइएको छ । यसमा ४ करोड ३८ लाख रुपैयाँ बोर्डले खर्चेको छ । अलपत्र कामदारको उद्दार खोजतलासका लागि २५ लाख खर्च भएको श्रेष्ठले जानकारी दिए ।

कामदारको बिरामी भएका १७ आफन्त तथा परिवार ८ लाख बराबरको सहयोग गरिएको छ ।

श्रममन्त्री भन्छन्- कामदारले एसी चलाउन जानेनन्

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट मृतक र अंगभंग भएका कामदारको तथ्यांक भयावह भएको बताउँछन् । उनले अब कामदारको मृत्युदरलाई कम गर्न र स्वाथ्य अवस्था सुधार्न सरकारले नेपालबाटै विशेषज्ञ डाक्टरको टोली गन्तब्य मुलकुमा पठाएर स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा टेलिमेडिसिनमार्फत सेवा दिनेबारे सरकारले छलफल चलाइरहेको बताए ।

‘सानोसानो ज्ञान नपाएर कामदारको ज्यान गइरहेको छ, बुटवल अस्पतालमा मिर्गाैलाको डायलासिस गराउनेमध्ये ३१ प्रतिशत वैदेशिक रोजगारीबाट फर्केका ३० वर्षमुनिका युवा रहेछन्,’ बिष्टले भने,’पानी टन्न पिउनुपर्छ भन्ने सेचतना नफैलाउँदा यस्तो अवस्था आएको हो । हामी कामदारलाई असामयिक रुपमा मृत्युवरण गर्नुपर्ने अवस्था घटाउन काम गर्छौं ।’

विदेशमा गर्मीमा काम गरेर फर्किएका धेरै कामदारले एयर कन्डिसनरमा ताप मेन्टेन गर्न नजान्दा पनि ज्यान गुमाउनुपरेको भन्दै सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने बताए । ‘स-सानो कुरा बिचार नगर्दा असमायिक निधन भोगिरहनु परेको छ । यस्तो अवस्था हटाउने गरी काम गर्नुपर्नेछ,’ बिष्टले भने ।

मृतकका परिवारलाई स्थानीय तहबाटै क्षतिपूर्ति दिने व्यवस्थाका लागि तयारी भइरहेको उनले जानकारी दिए । मृतक तथा अंगभंग भएका कामदारको परिवारलाई हाल काठमाडौं नै आएर क्षतिपूर्ति लिनुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?