
३ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका आˆना संरचनाहरुको ९२ प्रतिशत भन्दा बढी पुनर्निर्माण सकिएको जनाएको छ ।
आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुनर्निर्माण सम्बन्धी आर्थिक र्वा २०७५/०७६ को प्रगति प्रस्तुत गर्दै बलका बरिष्ठ उपरीक्षक ईञ्जिनियर सन्दीप थापाले पुनर्निर्माण कार्य संचालन भएका २८ मध्ये २६ वटाको सम्पूर्ण कार्य सकिएको जानकारी दिए ।
पुनर्निर्माण सम्पन्न भएका संरचनाहरुमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयलगायत विभिन्न बाहिनी, गण तथा गुल्मका हेडक्र्वाटर रहेका छन् ।
थापाका अनुसार पुनर्निर्माण सम्पन्न हुने क्रममा रहेका दुई संरचनामध्ये बाँकी नुवाकोट ककनीस्थित सशस्त्र प्रहरी बल यु.एन. शान्ति स्थापना तालिम शिक्षालयको भवनको ९५ प्रतिशत निर्माण कार्य सकिएको छ ।
त्यसैगरी पोखरास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको फिनिसिङ कार्य भइरहेको छ ।
यी संरचनाको आगामी बैशाखभित्र पुनर्निर्माण कार्य सम्पन्न हुने थापाले जानकारी दिए ।
बलको काठमाडौं उपत्यकाभित्र निलबराहीस्थित नम्बर १८ गणको हेर्डक्वार्टरमा रहेका २ वटा बहुतले ब्यारेक तथा प्रधान कार्यालयको पेन्टागनको प्रबलीकरण कार्यका साथै बंगलामुखीस्थित नम्बर १९ गणको हेडक्र्वाटरको भवन पुनर्निर्माण गर्न करिब ६ करोड ५० लाख थप बजेट आवश्यक रहेको पनि थापाले बताए ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पुर्याएका सशस्त्र प्रहरीका भौतिक संरचनाको पुनर्निर्माणलाई पूर्णता दिन प्राधिकरणले सक्दो सहयोग गर्ने बताए ।
सशस्त्र प्रहरी बलका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हालसम्म ४० करोड ३६ लाख रुपैयाँ निकासा भएको छ ।
प्रतिक्रिया 4