+
+

काठमाडाैं महानगरको न्यायिक समितिमा घरधनीका समस्या बढी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ६ गते १३:४९

६ चैत, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउने गरेका छन् ।

घर भाडामा बस्नेले सम्बन्धित घरधनीलाई समयमानै भाडा नबुझाएको र अन्त्यमा जानकारी बिनै कोठा छोडी जानेको उजुरी सङ्ख्या बढिरहेको महानगरले जनाएको छ ।

न्यायिक समितिका संयोजक तथा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) का अनुसार यस्ता किसिमका उजुरी दैनिक दश वटासम्म आउने गरेका छन् । विशेषगरी कलङ्की, कोटेश्वर, बानेश्वर, बागबजार क्षेत्रबाट यस्ता किसिमका उजुरी घरधनीले गर्ने गरेका संयोजक खड्गीले बताइन् ।

यससँगै सार्वजनिक बाटो सम्बन्धी, छिमेकीसँगको विवाद, पानीको समस्याबारे पनि उजूरी आउने गरेका छन् । घरभाडा सम्बन्धी दश र अन्य पाँच गरी हाल न्यायिक समितिमा दैनिक १५ उजूरी आउने गरेका छन् । आएका उजुरीमध्ये हालसम्ममा विभिन्न प्रकारका गरी २५ को किनारा लगाउन बाँकी रहेका बताइएको छ ।

प्रत्येक हप्तामा एक दिन कामपाको न्यायिक समितिले उजूरी हेर्ने गरेको छ । खड्कीले भनिन्, ‘घर भाडामा बस्नेका पनि समस्या नभएका होइन तर उनीहरु गर्न आएका छैनन् ।’ पछिल्लो समय काठमाडौँ उपत्यकामा भाडामा बस्नेमा कोठा नपाइने समस्या, घरधनीले मनलाग्दी भाडा बढाउने, पानीको समस्या जस्ता विषय रहेका पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?