
६ चैत, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले एक किलोग्राम अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पर्सा जगरनाथपुर गाउँपालिका-४ बस्ने बसी मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण कार्यालय व्युरो पर्साबाट खटिएको टोलीले अपरान्ह वीरगञ्ज महानगरपालिका-१४ गण्डकबाट उनलाई नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4