
केहि दिन अघि मात्रै निर्देशक संजयलीला भन्सालीले बलिउड नायक सलमान खान र नायिका आलिया भट्टलाई मुख्य भूमिकामा लिएर चलचित्र निर्माण गर्ने पक्का गरेका थिए । समचार बाहिरिएको थियो । ‘इन्साअल्ला’ नाम राखिएको चलचित्रमा पहिलो पटक सलमान र आलियाले पर्दा शेयर गर्दैछन् ।
यस्तैमा, भन्सालीले अर्को नयाँ प्रोजेक्टको विषयमा पनि खुलासा गरेका छन् । सलमान र आलियाको चलचित्रको छायांकन सकिएपछि भन्सालीले ‘गंगुबाई’ नामक चलचित्र निर्देशन गर्ने भएका छन् । यो चलचित्रका लागि नायिकामा प्रियंका चोपडा पक्का भएकी छिन् । प्रियंकालाई यो चलचित्रमा लिएको भन्सालीले नै खुलासा गरेका हुन् ।
अहिले प्रियंकाले चलचित्र ‘स्काई इज पिंक’को छायांकन सकाएर फुर्सदमा छिन् । प्रियंका अहिले अमेरिकामा निकसँग समय बिताइरहेकी छिन् । उनी ‘स्काई इज पिंक’को प्रचारको लागि छिट्टै भारत फर्किनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4