+
+

जलेर दुई बालिकासहित तीनको मृत्यु

रासस रासस
२०७५ चैत ९ गते २०:५५

९ चैत, लहान । सिरहाको छुट्टाछुट्टै स्थानमा आज भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा आज साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो ।

आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

गाई गोठमा जम्मा भएको पतकरहरु केटाकेटीले आफैले सलाई कोरेर आगो लगाएको हुन सक्ने स्थानीयले आशंका गरेको छ । प्रहरीले भने आगलागीको कारण अझै नखुलेको जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

यसअघि आजै बिहान सिरहाको कल्याणपुर नगरपालिका–७ भेडियो पूर्वारी टोलमा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?