+
+

होलीमा सिड्नीका सबअर्वहरु रंगिए

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १७:४५

सिड्नी / अष्ट्रेलियाका शहरहरुमा नेपाली समाज फैलिएसँगै नेपाली साँस्कृतिक पर्वहरु पनि संगठित रुपमा मनाउन थालिएको छ । पछिल्लो समयमा दशैं, तिहार, तीज जस्ता नेपाली चाडपर्वहरु अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले नेपालमा झैं तामझाम र हर्षोल्लासका साथ मनाउने गरेका छन् । यसैको पछिल्लो उदाहरण बनेको हो होली मेला ।

रकडेल, लिडकम र क्याथरिन फिल्डलगायत सिड्नीका सबअर्वहरुमा स्थानीय नेपाली समाजहरुले एकै दिन होली मेला आयोजना गरे, जसमा नेपाली युवा युवतीहरु, ज्येष्ठ नागरिकका साथै बालबालिकाहरुको उल्लेख्य संख्यामा सहभागिता थियो ।

नेपाली युवकयुवतीहरु हातमा रंग लिएर एक अर्कालाई छ्यापाछ्याप गरिरहेको दृश्य देख्दा उपस्थित धेरैले आफू नेपालमा नै भएको जस्तो महसुस भएको बताइरहेका थिए ।

लिडकममा आस्था राउत र केकी अधिकारीको बबाल होलीको अवसरमा गत शनिबार सिड्नीको लिडकमस्थित वाएट पार्कमा आयोजना गरिएको इनरिच होली मेलामा नेपाली कलाकारहरु आस्था राउत र केकी अधिकारीहरुको दमदार प्रस्तुतीले रंग खेल्न आएका नेपालीहरुलाई अझ ऊर्जा थप्यो ।

साथै उक्त मेलामा सबिन राई र पारोह व्याण्डले पनि आफ्नो सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरेको थियो भने बिभिन्न खानेकुराका स्टलहरुले पनि नेपाली स्वादको भोक मेटाउने प्रयास गरेका थिए ।

रकडेलमा एक्सपर्ट होली फेस्टिभल होलिकै अवसरमा गत शनिबार रकडेलस्थित बाइसेन्टिनियल पार्कमा एकपर्ट रकडेल होलि फेस्टिभल आयोजना गरियो, जसमा गायक विपुल क्षेत्री एण्ड ट्राभलिंग व्याण्डले दमदार प्रस्तुति पस्केको थियो ।

इनोक तामांग, नायिक ढुंगाना, शरद घिमिरे लगायतका नेपाली कलाकाहरुले आआफ्ना प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । नेपाली खानेकुराको समेत स्टलहरु राखिएको उक्त फेस्टिभलमा खानासँगै नाचगानका साथ होली मनाइरहेको देख्न सकिन्थ्यो ।

क्याथरिन फिल्डमा ४० नेपाली परिवारले मनाए होली त्यसैगरी सोही दिन क्याथरिन फिल्ड नेपाली समुदायले पनि आफ्नै समुदायभित्र होली मेलाको आयोजना गरेको थियो जसमा करिब ४० नेपाली परिवारले एक अर्कामा रंग खेलेर होली मनाएका थिए ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?