+
+

लक्ष्मी बैंकको शाखा सञ्जाल एक सय नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १२ गते २०:४२

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा क्रमसः काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा आफ्नो १०० औँ र १०१ औँ शाखा संचालनमा ल्याएको छ ।

यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमालगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यी शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोन मार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?