
१५ चैत, काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो हिगुइनले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यासको घोषणा गरेका छन् ।
हिगुइनले बिहीबार सन्यासको घोषणा गर्दै अब क्लब खेलमा केन्द्रित हुने बताएका हुन् । ३१ वर्षीय हिगुइनले अर्जेन्टिनाका लागि ७५ क्याप खेलेका छन् ।
जसमा उनले ३१ गोल गर्न सफल भएका छन् । तर उनी सन् २०१८ को रसिया विश्वकपदेखि भने टिममा थिएनन् ।
‘अब म परिवारसँग दिन बिताउन चाहन्छु’ सन्यासको घोषणा गर्दै हिगुइनले भनेका छन्, ‘मेरो पूरै फोकस भनेको अब चेल्सीको लागि हुनेछ ।’
हिगुइन गत जनवरीमा युभेन्टसबाट लोनमा चेल्सीमा अनुबन्धित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4