+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तिलोत्तमामा नेकपा एकता प्रक्रिया टुंगियो

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते १०:४९

१७ चैत, बुटवल । तत्कालीन एमाले र माओबादीबीच पार्टी एकतापछि जिल्ला र नगर स्तरमा एकताको सन्देश दिन नसकिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने एकता प्रक्रिया लगभग टुंगो लगाएको छ ।

तिलोत्तमामा नेकपाका ८२ वटा टोल कमिटी निर्माण गर्न थालिएको छ, जसमा करिब २ हजार जना संगठित हुने छन् । फागुनमा शाखा कमिटी गठन सम्पन्न गरेको नेकपा चैत लागेदेखि टोल कमिटी निर्माणमा जुटेको हो ।

नेकपा नगर अध्यक्ष मोहन चापागाईंले पार्टी संगठनलाई बलियो बनाउन तल्ला कमिटीहरुको विशेष भूमिका रहने भएकाले तिलोत्तमामा टोल कमिटी निर्माणलाई विशेष प्राथमिकता दिएर अघि बढेको बताए । ‘सम्भवतः अरु स्थानीय तहभन्दा तिलोत्तमा नगर कमिटी टोल कमिटी निर्माणलाई तीव्रताका साथअघि बढाउने पहिलो नगर कमिटी बनेको छ, प्रदेशका अरु जिल्लामा समेत यति धेरै टोल कमिटी बनेको जानकारी छैन,’ उनले भने ।

शनिबार मात्रै एकै दिनमा सात वटा टोल कमिटी निर्माण गरिएको छ । जसअनुसार १, २ र ८ मा २–२ वटा टोल कमिटी निर्माण गरिएको छ । तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा एक साताभित्रै टोल कमिटी निर्माण गरिसक्ने नेकपाको योजना छ । नगरमा १ सय ३० टोल कमिटी निर्माण गर्ने र एक साताभित्र सबै काम सकिने उनले बताए ।

तिलोत्तमा नगरपालिकामा नेकपा महासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्रका ६ वटा वडा, नेकपाका अर्का नेता घनश्याम भुसालका २ वटा वडा र अर्का नेता छविलाल विश्वकर्माका ९ वटा वडा गरी १७ वटा वडा रहेका छन् । उनीहरु तीनै जना अहिले निर्वाचित सांसद हुन् ।

नेकपाका नगर सचिव लक्ष्मण खनालका अनुसार सबैभन्दा धेरै टोल कमिटी वडा नम्बर ३ र ११ मा गठन गरिएको छ । वडा नम्बर ३ मा १० वटा टोल कमिटी निर्माण गरिसकिएको छ भने दुईवटा टोल कमिटी निर्माण बाँकी छ ।

त्यस्तै वडा नम्बर ११ मा ११ वटा टोल कमिटी रहेका छन् । जसमा एउटा टोल कमिटी निर्माण हुन बाँकी छ ।

शनिबार तिलोत्तमाको २ नम्बर वडामा नेकपा १ नम्बर टोल कमिटी गठन भएको छ । जसको अध्यक्ष लेखनाथ भट्टराई र सचिवमा कृष्ण सुवेदी छन् ।

त्यस्तै नेकपा तिलोत्तमा ७ भलवारी पश्चिममा पनि शनिबारै टोल कमिटी गठन गरिएको छ । जसको अध्यक्षमा गुरु प्रसाद पंगेनी र सचिवमा जानुका घिमिरे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?