Comments Add Comment

महिला टी–२० लिग : अक्सनमा १० खेलाडी सर्वाधिक महंगा

१७ चैत, काठमाडौं । एनसीएल महिला टी–२० क्रिकेट लिगको अक्सनमा १० खेलाडी सर्वाधिक रकममा बिक्रि भएका छन् । आइतबार ८० खेलाडी सम्मिलित अक्सनमा प्रतियोगिताका चार टिमले गरेर ५२ खेलाडी अनुबन्ध गरेका छन् ।

भैरहवा क्विजले सोनु खड्का, इन्दु बर्मा र बिन्दु रावल, विराटनगर रोरिङ लायोनेसले काजोल श्रेष्ठ र अप्सरी बेगम, धनगढी ओन्डर वुमनले कविता कुँवर र ज्योती पाण्डे साथै काठमाडौं सुपर च्याम्पियन्सले ममता चौधरी, सरिता मगर र रोमा थापालाई सर्वाधिक ७५ हजार रुपैयाँ खर्चेका हुन् ।

पहिलो श्रेणीमा रहेका खेलाडीको अधिकत मूल्य ७५ हजार रुपैयाँ नै रहेको थियो । दोस्रो श्रेणीमा रहेका खेलाडीका लागि अधिकतम ५० हजार र तेस्रो श्रेणीमा रहेकाका लागि २५ हजार रुपैयाँ अधिकत रकम रहेको थियो ।

धनगढीले सवनम राईलाई ७० हजार, विराटनगरले रिता कुमारी कनौजियालाई ६५ हजार रुपैयाँमा किने ।

भैरहवाले कविता जनोशी र रश्मी शर्मा चौलागाईं, विराटनगरले अञ्जली चन्द, धनगढीले रेखा रावल, काठमाडौंले सुमन खतिवडा, रावती धामी, सुमन विस्ट र मञ्जु कुमारी चौधरीका लागि ५०/५० हजार रुपैयाँ खर्च गरेका छन् ।

यस्तै भैरहवामा रुबिना क्षेत्री, विराटनगरमा करुणा भण्डारी, धनगढीमा सिता राना मगर र काठमाडौंमा नेरी थापा मार्की खेलाडीका रुपमा रहेका थिए ।

अक्सनमा सबैभन्दा धेरै ५ लाख ७० हजार रुपैयाँ काठमाडौंले खर्च गर्‍यो । भैरहवाले ५ लाख ५० हजार, विराटनगरले ५ लाख २० हजार र धनगढीले ५ लाख ५ हजार रुपैयाँ खर्च गरे ।

हरेक टिमले अधिकतम ६ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । जसमा ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना रहेका थिए ।

प्रतियोगिता आउँदो वैशाख ७ गतेदेखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने मिति तय भएको छ । जसमा विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।

हेर्नुहोस् को कति महंगा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment