Comments Add Comment

प्रचण्डद्वारा बारा–पर्सामा भएको क्षतिप्रति दुःख व्यक्त

१८ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा पुगको जनल्धनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको उनको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेका छन् ।

बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आइतबार साँझ आएको हावाहुरीबाट कम्तीमा ३१ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment