+
+

बारा-पर्साका आँधी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारको एक करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते १३:४२

१९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका आँधी-हुरी प्रभावितहरुका लागि एक करेाड सहयोग गर्ने घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

मन्त्रिपरिषदको निर्णयअनुसार सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।

यसअघि प्रदेश ३ सरकारले पनि एक करोड सहयोग गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?