+

आत्मघाती गोल गरेर म्यान्चेस्टर युनाइटेड हार्‍यो

२०७५ चैत  २० गते ६:५० २०७५ चैत २० गते ६:५०
आत्मघाती गोल गरेर म्यान्चेस्टर युनाइटेड हार्‍यो

२० चैत, काठमाडौं । म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा उल्भसले म्यान्चेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

उल्भसको जितमा डिएगो जोटाले गोल गरे । अर्को एक गोल भने उपहार स्वरुप पाएको थियो । यता, म्यान्चेस्टर युनाइटेडका लागि भने स्काट टोमिनायले गोल गरे ।

१३ औं मिनेटमा टोमिनायले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । तर जोटाले खेलको २५ औं मिनेटमा गोल गर्दै उल्भसलाई १-१ गोलको बराबरी दिलाए ।

पहिलो हाफमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए भने दोस्रो हाफमा आफ्नै पोष्टमा युनाइटेडले आत्मघाती गोल गर्दा पराजित भएको हो । युनाइटेडका क्रिस स्मालिङले ७७ औं मिनेटमा आत्मघाती गोल गरेपछि उल्भसले २-१ को जित निकालेको हो ।

मंगलबार राति नै भएको अर्को खेलमा वाटफोर्डले फुलहृयामलाई ४-१ गोलअन्तरले पराजित गरेको छ ।

 

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय