
२० चैत, काठमाडौं । प्रहरीले ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतलाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको हो । उनलाई काठमाडौंको भीमसेन गोलाबाट पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले पुष्टि गरेका छन् ।
यसअघि उनी पनि ठगी मुद्दामा जेल बसेर छुटेका थिए । उनको सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको थियो ।
समस्याग्रस्त सहकारीका सञ्चालक बस्नेतमाथि सहकारी ऐन २०७४ अनुसार अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4