+
+
Shares

सर्वाेच्चमा सिफारिस ५ न्यायाधीशको सुनुवाइ प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते ८:५०

२१ चैत, काठमाडौं । सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका पाँच न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संघीय संसद् संसदीय सुनुवाइ समितिको बैठक बिहीबार साढे ११ बजे बैठक बस्दैछ । समिति सचिवालयका अनुसार आजको बैठकले पाँचै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्नेछ ।

यही चैत १८ गते बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको थियो । सर्वोच्चको न्यायाधीश पदका लागि सिफारिस हुनेमा पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मलता माथेमा र मनोजकुमार शर्मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?