+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने

रासस रासस
२०७५ चैत २७ गते ८:५०
Photo Credit : फाइल तस्वीर

२७ चैत, सिन्धुपाल्चोक । भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मङ्गलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।

एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सासंदले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनको विषयमा कुरा भएको र सोहीअनुसार अन्तिम निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिए ।

नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री अग्नि सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, घनश्याम भट्टराईलगायतका टोलीले निरीक्षण गरेका थिए ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमाक्षेत्रदेखि बसेरीसम्म चिनियाँले र बाह्रबिसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले बताए ।

उच्चस्तरीय टोलीले निर्माणाधीन सुख्खा बन्दरगाहा, मितेरी पुल, सडकलगायतको क्षेत्रको निरीक्षण गरेको थियो । केही समस्या भएको ठाउँमा तत्कालै काम सम्पन्न गर्न मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएका थिए ।

सुख्खा बन्दरगाहा निर्माणकार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले नेपालका उच्चस्तरीय प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो । चिनियाँ पक्षले मे ३१ (जेठ १७ गते) नाका सञ्चालनको तयारी गरेको र त्यही जानकारी आफूहरुलाई गराएको प्रतिनिधिमण्डलमा रहेका सांसद सापकोटाले जानकारी दिए । सोही दिन सञ्चालन गर्ने गरी अहिले २४सै घण्टा काम भइरहेको छ ।

नेपालका उच्चस्तरीय टोलीलाई चिनियाँ पक्षले अब कहिल्यै बन्द नहुने गरी नाका सञ्चालन गर्न आफूहरु लागिपरेको जानकारी गराएका थिए । नाका क्षेत्रमा सरकारका उच्च अधिकारीहरुले निरीक्षण गरेपछि यस क्षेत्रका स्थानीयवासी र जनप्रतिनिधि खुशी भएका छन् ।

यसैबीच, भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मङ्गलबार पहिलोपटक मानव पाइला पुगेको छ । चैत १५ गतेदेखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मङ्गलबार साँझ ५ः२० बजे शिखरमा पुगेको हो ।

सोमबार बेलुकी ८ बजेबाट चार हजार ७२४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको टोली मङ्गलबार बेलुकी पुगेको हो । सगरमाथा आरोही एवं प्रथम समावेशी महिला हिमाल आरोहण दलकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमाल आरोहण शुरु भएको थियो ।

गुरुङसहित सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङ, शर्मिला थापा, फोटोग्राफर प्रेम गुरुङ र अन्तर्राष्ट्रिय माउन्टेनगाइड तुलसी गुरुङ र अन्य सहयोगी जुगल हिमाल आरोहण गरेका हुन् । प्रदेश नं ३ सरकार र जुगल गाउँपालिकाको आयोजनामा जुगल हिमालको औपचारिक आरोहण शुरु गरिएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?