Comments Add Comment

आईपीएलमा मुम्बईको जितको ह्याट्रिक, लोकेशको शतक काम लागेन

Photo Credit : Sandeep Shetty /SPORTZPICS for BCCI

२८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जाबलाई ३ विकेटले हराएको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । १९८ रनको विजय लक्ष्य मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा भेटायो ।

मुम्बईको यो लगातार तेस्रो जित हो । यो जितसँगै मुम्बई ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । ७ खेलबाट ८ अंक जोडेको पन्जाब तालिकाको चौथो नम्बरमा छ ।

मुम्बईको जितमा किरोन पोलार्डले ३१ बलमा ८३ रन योगदान गरे । उनले २२ बलमा अर्धशत पूरा गरेका थिए । आईपीएलको जारी सिजनमा पोलार्डको यो १४ औं अर्धशतक हो । उनी म्यान अफ दी म्याच बने । रोहित शर्मा घाइते भएकाले पोलार्डले यो खेलको कप्तानी सम्हालेका थिए ।

यसअघि पन्जाबका लोकेश राहुलले शतकीय पारी खेलेका थिए । उनले ६४ बलमा ६ चौका र ६ छक्काको मद्दतमा अविजित १०० रन बनाएका थिए । आईपीएलमा उनको यो पहिलो शतक हो । राहुलले १२.५ ओभरमा ११६ रनको साझेदारी गरे । तर यही स्कोरमा क्रिस गेल आउट भएपछि मुम्बईका बलर खेलमा फर्किए ।

रनमा अंकुश लागेसँगै डेभिड मिलर ७, करुण नायक ५ र सेम कुर्रन ८ रनमा आउट भए । तर, म्याचको अन्तिम तिर राहुलले पन्जाबको स्कोर २० ओभरमा १९७ रनसम्म पुगाए । राहुलसँगै मन्दिप सिंह ७ रनमा अविजित रहे ।

मुम्बईको तर्फबाट हार्दिक पाण्ड्याले दुई विकेट लिए । यद्यपि उनी महंगा बलर बने । उनले ४ ओभरमा ५७ रन दिए । उनका अलावा जेसन र जसप्रतले पनि एक-एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment