Comments Add Comment

विदेशबाट फर्किँदा सुन ल्याउन पाउनेबारे नयाँ नियम लागू

२९ चैत, काठमाडौं । सर्बोच्च अदालतको आदेशपछि सरकारले विदेशबाट फर्किँदा सुन ल्याउन पाउने व्यवस्थामा संशोधन गरेको छ । झिटिगुन्टा आदेशमा संशोधन गर्दै सरकारले अब सय ग्रामसम्म सुनका गहना भन्सार तिरर ल्याउन दिने व्यवस्था गरेको छ ।

अब ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार तिर्नुपर्दैन भने त्यसभन्दा माथि सय ग्रामसम्म ल्याएर भन्सार तिर्नुपर्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । यसअघि ५० ग्रामभन्दा बढी सुनको गहना लिएर आउँदा सिधै जफत गर्ने गरिएको थियो ।

यसो गर्दा धेरै यात्रु पीडित भएका थिए, त्यो मुद्दा सर्बोच्चमा पुगेको थियो । सर्बोच्चले १० ग्रामसम्म सुनको गहाना भन्सार तिरर ल्याउन पाउने गरी व्यवस्था गर्न भनेपछि सरकारले नियम संशोधन गरेको हो ।

हाल विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । त्यसका लागि कर तिर्नुपर्छ । ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।

५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ ।

१०० ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ । ठूलो परिमाणमा सुनको गहना लगाएर आउँदा पनि जफत गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment