Comments Add Comment

रानीपोखरी पुनर्निर्माण : साढे २ करोड बालुवामा पानी हाले सरह

२९ चैत, काठमाडौं । रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण उपयुक्त निर्णय लिन लिन नसक्दा साढे २ करोड भन्दा बढी रकम नोक्सान भएको पाइएको छ ।

सरकारले तोकेबमोजिम मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न समयमै उपयुक्त निर्णय नलिँदा पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले खर्च गरेको कूल २ करोड ६० लाख ८७ हजार भन्दा बढी रकम खेर गएको हो । यो तथ्य महालेखा परीक्षककको ५६औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

०७२ बैशाखको भूकम्पले क्षतिग्रस्त बालगोपालेश्वर मन्दिरसहित रानी पोखरी पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकाले एक निर्माण व्यवसायीसँग ७ करोड ११ लाखमा सम्झौता गरी २ करोड ३० लाख ३८ हजार भुक्तानी दिएको महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ ।

निर्माण व्यवसायीले रानीपोखरी र बालगोपालेश्वरको पुनर्निर्माणमा आधुनिक प्रविधि र सामग्री प्रयोग गरेपछि पुरातत्व विभागले त्यसको पुननिर्माण गर्ने सहमति भएको थियो ।

विभागले भूकम्प अगाडिको गुम्बज शैलीमा बालगोपालेश्वर मन्दिरको मात्र निर्माण गर्न १ करोड ४२ लाख ५५ हजार लागत अनुमान गरेको थियो ।

सोहि योजनाअनुसार विभागले एक संयुक्त उपक्रमसँग ०७५ असारसम्म काम सक्ने गरी १ करोड ४० लाख ५८ हजारमा सम्झौता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विभागले सम्झौता अनुसार ३० लाख ४९ हजार भुक्तानी दिएको समेत पाइएको छ ।

सम्झौताअनुसार कंक्रिट संरचना निर्माण गर्न महानगरपालिकाले २ करोड ३ लाख ८८ हजार भुक्तानी दिएको पाइएको छ ।
निर्माण भएका संरचना भुक्तानी गरेपछि भत्काइएकाले उक्त खर्च प्रतिफलविहीन बन्न पुगेको महालेखापरीक्षककको ५६औं प्रतिवेदनमा उल्लेख छ ।

अहिले सरकारको निर्णयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment