Comments Add Comment

रात्रीकालीन पेनाल्टी सुटआउटको उपाधी फेन्डसलाई

१ वैशाख, कैलाली । नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजित रात्रीकालीन पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधी कञ्चनपुर पुनर्बासको फ्रेन्ड्स युवा क्लबले जितेको छ ।

धनगढीको नैना देवी युवा क्लवलाई हराउँदै फ्रेन्ड्स युवा क्लबले १ लाख पचास हजार जितेको छ हो । देवी युवा क्लबले ७५ हजार रुपैयाँ पाएको छ ।

शनिबार दिउँसो २ बजे शुरु भएको प्रतियोगिता राती २ बजे सकिएको प्रतियोगिताका थियो । प्रतियोगितामा ३२ वर्षभन्दा माथिका उमेर समूहले मात्रै सहभागिता जनाएका थिए ।

विगत सात वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगितामा मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

रात्रीकालीन पेनाल्टी सुटआउट प्रतियोगिताको सातौं संस्करणमा ४२ टीम सहभागी रहेका संयोजक दिनेश श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment