
१ वैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले औपचारिक रुपमा सिंहदरबार प्रवेश पाएको छ । नयाँ वर्षको अवसर पारेर आइतबार राष्ट्रिय वाणिज्य बैंकले सिंहदरबारभित्र आफ्नो शाखा कार्यालय विस्तार गरेको हो ।
आइतबार एक कार्यक्रमको आयोजना गरी बैंकका अध्यक्ष समेत रहेका सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरूङले बैंकको शाखा कार्यालय उद्घाटन गरे । यस अघि निजी क्षेत्रको बैंक एभरेष्टको मात्रै शाखा कार्यालय सिंहदरबारभित्र रहेको थियो ।
सरकारी बैंकको शाखा सिंहदरबारभित्र स्थापना गर्नु पर्ने सांसदहरुले नै माग गर्दै आएका थिए । सांसदहरुले चर्को रुपमा सरकारी बैंकलाई प्रवेश दिनु पर्ने माग अघि सारे पछि अर्थमन्त्रालयको पहलमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4