Comments Add Comment

‘ए मेरो हजुर ३’ र ‘यात्रा’लाई वितकरले जुधाएः केशव भट्टराई

यतिबेला चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ हलमा लागिरहेका छन् । दुबै चलचित्रका निर्माताले आधिकारिक रुपमा व्यापार सार्वजनिक गरेका छैनन् । तर, यी दुबै चलचित्र एकसाथ जुध्न हुँदैन्थ्यो भन्ने बहस भने चलिरहेको छ । किनकी, यी दुबै चलचित्र सोलो रुपमा आएको भए दुबैले राम्रै पैसा कमाउने देखिएको छ ।

काठमाण्डौमा आयोजना भएको ‘चलचित्र क्षेत्रका बेथिती’का बिषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष तथा ‘यात्रा’ चलचित्रका निर्माता केशव भट्टराइले दुई चलचित्र जुध्नुको कारण खोलेका छन् । दुबै चलचित्र किन जुधेँ, यसको मुख्य तत्व को हुन् भन्ने प्रश्नमा भट्टराइले भने–‘हामी चलचित्र जुधाउने तयारीमा थिएनौँ । तर, दुबै चलचित्र वितरकका कारण जुधेका हुन् ।’

चलचित्र ‘यात्रा’लाई काठमाण्डौ बाहिर एफडी कम्पनी र काठमाण्डौमा गोपाल कायस्थले वितरण गरेका हुन् । यस्तै, चलचित्र ‘ए मेरो हजुर ३’लाई काठमाण्डौमा गोविन्द शाही र काठमाण्डौ बाहिर मनोज राठीले वितरण गरेका हुन् ।
चलचित्रका निर्माताले वितरकका कारण समस्या भोग्नुपरेको केशवको घुमाउरो भनाई थियो ।

हो, सरकारी गाडी शनिबार चढेको हुँ
यसैविच, गत शनिबार चलचित्र ‘यात्रा’को कामका लागि सरकारी गाडीको दुरुपयोग किन गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा भट्टराइले भने–‘मैले एक महिनाका लागि संचारमन्त्रालयबाट नै अनुमती लिएर बिदाको दिनमा पनि सरकारी गाडी प्रयोग गरिरहेको छु । यदि, मैले यसो गर्दा गल्ती गरेँ भने माफी चाहन्छु । केशवले आफू हलमा चलचित्रको लागि ठूलो पर्दा माग्न नभई बक्स अफिसको लागि अनुगमनमा गएको पनि बताएका छन् ।

मेगास्टारसँग जुध्दा अरुको जस्तो हाल भएन
यसैविच, चलचित्र ‘यात्रा’को व्यापारिक रिपोर्ट कती हो त भन्ने पत्रकारको प्रश्नमा केशव भट्टराइले भने–‘हामीलाई पहिले नै ‘ए मेरो हजुर ३’को भन्दा इनिसियल रुपमा ‘यात्रा’को व्यापार कम हुन्छ भन्ने थाहा थियो । किनकी, ‘ए मेरो हजुर ३’मा मेगास्टार अनमोल केसी थिए, चलचित्रको ब्रान्ड थियो ।’

केशवले ‘मेगास्टार’सँग जुध्दा यसअगाडिका केही चलचित्रले पानी भन्न नपाएपनि ‘यात्रा’ले भने त्यो अवस्था नभोगेको भन्दै आफूहरु व्यापारमा सन्तुष्ट रहेको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment